काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले डोकेको आफ्नो १९ औँ वार्षिक साधारणसभा स्थगित गरेको छ। 

महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण काठमाण्डौ उपत्यकालगायत देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएकोले वार्षिक साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीले आउँदो जेठ गते बाराको सिमरास्थित होटेल इच्छामा बिहान ११ बजेबाट वार्षिक साधारणसभा डाकेको थियो। 

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गर्न प्रस्ताव पेस गर्ने कार्यक्रम थियो। जसमा ८ प्रतिशत बोनस सेयर र बाँकी ०.४२ प्रतिशत नगद ९लाभांश कर० सहित रहेका छन्।

सोही सभाले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने कार्यक्रम थियो। हाल कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ६०ः४० प्रतिशत रहेको छ। 

सभा र लाभांश प्रयोजनका लागि कम्पनीले यही वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरिसकेको छ। यसको अर्थ अब तय गरिने वार्षिक साधारणसभा भाग लिन र लाभांश पाउन वैशाख १८ गतेसम्म सेयरधनी कायम योग्य भएका छन्।