काठमाण्डौ । रियलमीको बहुप्रतिक्षित मोबाइल फोन ‘रियलमी सी ११ २०२१’ नेपालमा आज सार्वजनिक गरिएको छ। सार्वजनिक भएलगत्तै ‘रियलमी सी ११ २०२१’ आजैदेखि बजारमा उपलब्ध भएको छ। 

विश्वमा आक्रामक रुपले आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड रियलमीको सी सिरिजको फोन अविश्वसनीय मूल्यका साथ विशिष्ट प्रदर्शनीका कारण विशेषगरी युवाजमात माझ इन्ट्रीलेभल फोनको विगत दृस्टीकोणलाई परिवर्तन गरी शानदार उपस्थिति जनाएको फोनको रुपमा चिनिन्छ। 

यो फोन अन्य रियलमी सी सिरिजका इन्ट्रीलेभलको फोनजस्तै बलियो छ। यसका अलावा यो टिकाउ ब्याट्री, सशक्त प्रदर्शनी, ठूलो डिस्प्ले र समग्र रुपमा युवा तथा अधिकांश उपभोक्तालाई मध्यनजर गरी डिजाइन गरिएको छ।

यो फोन विशाल ५००० एमएएच ब्याट्रीका साथ बजारमा आएको छ, जो दिनभर अत्यधिक उपयोग गर्दा समेत लामो समयसम्मका लागि टिकाउ रहन्छ। रियलमीको प्रयोगशालामा परीक्षणका क्रममा देखिएको तथ्यांकअनुसार यसको ब्याट्री निरन्तर युट्युब चलाउँदा १७ घण्टासम्म, निरन्तर फोनमा कुरा गर्दा ३७ घन्टासम्म र निरन्तर संगीत सुन्दा १०८ घन्टासम्म टिक्दछ। यसैगरी स्टान्डबाइ रुपमा राखीमात्र राख्ने हो भने यसको ब्याट्री ४३ दिनसम्म टिकाउ रहेको देखिएको छ। 

यसैगरी मोबाइलमा पावर सेभिङ मोड पनि छ जसले सामान्यता प्रयोग भइरहने मुख्य ६ वटा एप चलाउँदासमेत अधिकतम ब्याट्री बचत गर्दछ। त्यसैले ब्याट्रीमा चार्ज कम भएको छ तर तपाइँ चार्ज गर्ने अवस्थामा हुनुहुन्न भने पनि तनाव लिन आवश्यक छैन, बस सुपर पावर मोड अन गर्नुस् र ढुक्क हुनुस्।

यसका साथै यसमा छन सफ्टवेयर अप्टिमाइजेसन विशेषताहरु जस्तै– एप क्विक फ्रिजले ब्याकग्राउन्डका सुस्त एपमा खपत हुने पावर घटाउने, स्क्रिन ब्याट्री अप्टिमाइजरले डिस्प्ले इफेक्ट कम गरी फोनको स्थिरता बढाउँछ। स्लिप स्ट्यान्डबाई अप्टिमाइजरले फोनलाई निम्न मोडमा चलाउन मद्दत गर्ने भएकाले प्रयोगकर्ताले एक उत्तम स्मार्टफोन ब्याट्रीको अनुभूति यसमा गर्न पाउनेछन्। 

यो फोनमा ६.५ इन्च (१६.५ सीएम) को ठूलो एलइडी डिस्प्ले प्रयोग गरिएको छ। यो एक फुल–स्क्रिन मिनीड्रप स्क्रिन हो जसले सामाजिक सञ्जाल चलाउँदा, गेम खेल्दा र भिडियो हेर्दा तपाइँलाई भर्चुअल दुनियाँको गहिरो आनन्ददायी अनुभूति दिलाउँछ। यसको एचडी प्लस रिजोलुशन डिस्प्लेले ४०० निटस माथिको उज्ज्यालो र ८९.५ प्रतिशत आकर्षक स्क्रीन बडी अनुपात छ।

फ्रेम बाहिर विशाल डिस्प्लेमा रहेको छ ओक्टा कोर प्रोसेसरसँग जोडी मिलेको २ जीबी ड्युल च्यानल एपीडीडीआर ४ एक्स र्याम र २५६ जीबीसम्मको माइक्रोएसडी कार्ड राख्न सकिने ३२ जीबी स्टोरेज रहेको छ। उच्च श्रेणीको ४ एक्स र्यामको प्रयोग तपाइँका लागि लाभदायी छ किनभने यसले पावर खपत १७ प्रतिशत कम गरेको छ भने प्रदर्शन १५ प्रतिशतले वृद्धि गरेको छ।

एन्ड्रोइड ११ मा आधारित रियलमी युआई संस्करणको यस फोनले उपभोक्तालाई अधिक आनन्द र सहज उपयोगको अनुभूति दिन्छ। ‘रियलमी सी ११ २०२१’ मा एलईडी फ्ल्यासका साथ ८ एमपी पछाडिको क्यामेरा र अति सानो मिनी ड्रप नोचमा चिटिक्क मिलाएर ५ एमपी सेल्फी क्यामेरा रहेको छ। वाइफाइ, ब्लुटुथ, फोरजी कनेक्टिभिटी, बढाउन योग्य स्टोरेज र सुविधाजन्य त्रिपल कार्डस्लट जस्ता तपाइलाई चाहिने सबै आधारभूत विशेषता यसमा छन्। 

यी सबैका साथ रियमलीले उच्च क्वालिटी कायम गर्नुका साथै विश्वसनीय, टिकाउ, गुणस्तरीय रहेको छ। कम्पनीका अनुसार ’ताल नीलो’ र ’फलामे–खैरो’ दुई रङ्गमा उपलब्ध “रियलमी सी ११ २०२१“ को मूल्य १२ हजार ९९० छ।