काठमाण्डौ । लगातार भारी गिरावट व्यहोरेको विश्वको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिट्क्वाइनमा मूल्यमा बिहीबार उछाल आएको छ। 

लगातारको गिरावटपछि बिहीबार बिट्क्वाइनको मूल्य १९.३३ प्रतिशतले उकालो लागेको हो। जब कि अघिल्लो दिन बुधबारमात्रै यो क्रिप्टोकरेन्सको मूल्यमा ३० प्रतिशतको गिरावट आएको थियो। 

बिहीबारको बढोत्तरीसँगै बिटक्वाइनको मूल्य प्रतिइकाइ ४२ हजार १०७.१९ डलर पुगेको छ। यसका साथै बिटक्वाइनको बजार पुँजीकरण पनि बढेर ७८७.९९ अर्ब डलर पुगेको छ। गत बुधबार भारी गिरावटको सामना गरेको बिटक्वाइनको बजार पुँजीकरण ७० अर्ब डलरमा झरेको थियो। 

बिटक्वाइनका साथै बिहीबार अन्य क्रिप्टोकरेन्सीहरुको मूल्यमा पनि उछाल आएको छ। विश्वकै दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथेरेमको मूल्यमा१३.४६ प्रतिशतको बढोत्तरी भएर प्रतिइकाइ २८८६.६३ डलर पुगेको छ। यसको बजार पुँजीकरण ३३५.५१ अर्ब डलर पुगेको छ। गत बुधबार यो क्रिप्टोकरेन्सीको मूल्यमा ४० प्रतिशतको गिरावट आएको थियो।

यसैगरी हाल निकै चर्चामा रहेको क्रिप्टोकरेन्सी डजक्वाइनको मूल्यमा पनि बिहीबार ११.४२ प्रतिशतको बढोत्तरी भएको छ। यसको बजार पुँजीकरण ५३.७२ अर्ब डलर पुगेको छ। – एजेन्सी