काठमाण्डौ । कुमारी बैंक लिमिटेड तथा टेलिउपचार डटकमका बीचमा आफ्ना ग्राहकलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सहकार्य गर्ने समझदारी भएको छ। 

यस सम्झौताअन्तर्गत कुमारी बैंकका ग्राहकले टेलिउपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंकको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन्। कुमारी बैंकको आधिकारिक एप “कुमारी स्मार्ट” वा कुमारी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकलाई टेलिउपचार डटकमबाट १०% छुट प्रदान पाउने छन्। 

टेलिउपचारमा सुरक्षित रूपमा आफूले रोजेका डाक्टर वा चिकित्सकहरूसँग अनलाइन परामर्श लिन सकिन्छ। टेलिउपचारको वेबसाइट वा मोबाइल एपबाट डाक्टरहरूसँग समय लिई छिटोभन्दा छिटो स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ। अहिलेको कोभिड महामारीको विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित रहन अनुरोध गर्दै बैैंकका ग्राहकले भौतिक उपस्थिति बिना सहज र सुरक्षित स्वास्थ्य सेवा लिन यो सुविधाबाट सहयोग पुग्नेमा कुमारी बैंक विश्वस्त रहेको छ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटीएम, २६ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।