काठमाण्डौ । कोरोना खोपको साइड इफेक्टका विषयमा निकै चर्चा हुने गरेको छ। कसलाई खोप लगाएपछि ज्वारो आउने, कसैलाई शरीर दुःखने, कसैलाई बान्ता हुनेजस्ता समस्या देखिने गरेको छ। यस्ता समस्या आएमा चिकित्सकसँग परामर्श लिन पनि भनिएको छ।

भारतको नासिकमा एउटा अचम्मको घटना भएको छ। त्यहाँका अरविन्द सोनार नाम गरेका एक व्यक्तिले आफूले कोरोनाविरुद्धको खोपको दुवै डोज लिएपछि शरीरमा चुम्बकीय शक्ति विकास भएको दाबी गरेका छन्। उनले प्रमाण पेस गर्नका लागि शरीरमा स्टिलका सिक्का, चम्चा, प्लेटलगायत वस्तु टाँसिएको अवस्थामा एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। जुन निकै भाइरल बनेको छ। 

सोनारका अनुसार एक दिन छोराले कोरोनाविरुद्धको खोप लगाएका मानिसको शरीरमा चुम्बकीय शक्ति विकास हुने गरेको बताएका थिए। ‘त्यसपछि मैले यस्तो पनि हुन्छ भनेर परीक्षण गर्ने विचार गरेँ तर आफ्नो शरीरमा चम्चा, प्लेटलगायत टाँसे’, उनले भने, ‘मेरो शरीरमा ती वस्तु सजिलै टाँसिए, यो वास्तविकता हो।’

सोनारले करिब ५ दिनअघि एउटा निजी अस्पतालमा खोपको दोस्रो डोज लिएका थिए। आफूहरुलाई अन्य कुनै समस्या नरहेको उनको भनाइ छ।

त्यसो त सोनारको १० वर्षअघि बाइपास सर्जरी भएको थियो। दुई वर्षदेखि उनी नियमित रुपमा डायबटिजको औषधि लिइरहेका छन्।
जब आफ्नो शरीरमा स्टिल र फरामका वस्तुहरु सजिलै टाँसिन थाल्यो तब सोनारले चिकित्सकसँग परामर्श पनि गरे। 

यस विषयमा डा हामिद दाभोलकर मानव शरीरमा स्टिल र फलामका वस्तु भौतिकीको नियमविपरीत हुन्छ, यो सम्भव नै छैन। ‘यदि मानिसको छालामा चिल्लोपन र भ्याक्युम क्याबिटी विकास भएको छ भने यसरी स्टिल र फरामका वस्तु टाँसिने सम्भावना हुन्छ’, उनले भने, ‘तर कोरोनाविरुद्ध खोपमात्रै होइन अन्य खोप लगाएको अवस्थामा यो सम्भव छैन।’

दाभोलकर अहिलेको अवस्थामा कोरोनाबाट बच्ने एउटामात्रै भरपर्दो अस्त्र भनेकै खोप हो। त्यसैले यस किसिमको हल्लाबाट बच्न आवश्यक रहेको उनको सुझाव छ। 

जेजे मेडिकल कलेजका डिन डा तात्यारावे लहानेले पनि सोनारको दाबीमा कुनै सत्यता नभएको बताउँछन्। ‘विश्वभर १ अर्बभन्दा बढी मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्’, उनले भने, ‘कोरोविरुद्ध खोप र शरीरमा स्टिल र फरामका वस्तु टाँसिनुबीच कुनै सम्बन्ध छैन। त्यसैले यो विषयलाई कोरोनाविरुद्धको खोपसँग जोडेर हेर्नु मूर्खताबाहेक अरु केही पनि होइन।’ –बीबीसीबाट भावानुवादित