काठमाण्डौ । इन्फिनिटी लघुवित्तमा विलय हुन लागेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड आफ्नो पाँचौँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।

संस्थाको गत जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार २१ गते कास्कीको पोखरास्थित सिटिस्क्वेयर प्रालिमा बिहान ९ बजेबाट आयोजना गर्ने निर्णय गरेको हो। सभाले इन्फिनिटी लघुवित्तसँगको प्राप्ति प्रक्रिया स्वीकृति प्रदान गर्नुका साथै गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। 

संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजना छुट्याइएको ४ लाख २१ हजार ८०१ रुपैयाँ सभाले अनुमोदन गर्नेछ। 

सोही सभाले इन्फिनिटी लघुवित्तसँगको प्राप्ति प्रक्रियाका लागि सञ्चालक समितिका तर्फबाट प्रस्तुत गरिने प्रतिवेदन गरी पारित गर्नेछ। 
सभाले प्राप्ति प्रयोजनका लागि मूल्यांनकर्ताबाट प्राप्त १००ः९८ सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ। यसको अर्थ प्राप्ति नेपाल एग्रो लघुवित्तका सेयरधनीले १०० बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर पाउनेछन्। 

यसैगरी सोही सभाले प्राप्ति प्रयोजनका लागि भएका अन्तिम सम्झौता, सञ्चालक र मर्जर समितिबाट भए गरेका कामकारबाही र निर्णयहरु अनुमोदन गर्नेछ। 

सभा प्रयोजनका लागि संस्थाले असार ८ गतेदेखि असार २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ७ गतेसम्म कायम सेयरधनीहरुमात्र विशेष साधारणसभा भाग लिन योग्य हुनेछन्।