काठमाण्डौ । जलवायु परिवर्तन संकटबीच अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २००५ को तुलनामा पृथ्वी दुईगुणा गर्मीको चपेटामा परेको चेतावनी दिएको छ। नासाले गर्मी अप्रत्याशित रुपले बढेको जनाएको छ।
नासा र नेसनल ओसेनिक एन्ड एटमोस्फेरिक एडमिस्ट्रेसनले आफ्नो रिपोर्टमा ऊर्जा असन्तुलन वर्ष २००५ देखि २०१९ बीच दुईगुणाले बढेको जनाएको छ। यो बढोत्तरी चिन्ताजनक रहेको पनि रिपोर्टमा जनाइएको छ।
ऊर्जा असन्तुलनको मतलब सूर्यको रेडियोएक्टिभ ऊर्जा पृथ्वीको वातावरण र सतहमा कति भित्रसम्म समाहित भइरहेको छ र यसको तुलनामा थर्मल इन्फ्रारेड रेडिएसन कति अन्तरिक्षमा फिर्ता भइरहेको भन्ने प्रस्ट हुने रिपोर्टमा उल्लेख छ। ऊर्जा असन्तुलन बढ्नको अर्थ पृथ्वीमा ऊजा बढिरहेको छ र यसले धर्तीलाई गर्मी गरिरहेको छ।
उपग्रहहरु र समुद्रबाट प्राप्त आँकडाका आधारमा वैज्ञानिकहरुले पृथ्वीमा ऊर्जा असन्तुलन बढिरहेको पत्ता लगाएका हुन्। यस आँकडामा पृथ्वीमा आउने ऊर्जा र पृथ्वीबाट निस्किने ऊर्जाको निगरानी गरिन्छ। नासाको यो निगरानी उपकरण पूरै विश्वमा रहेको छ र यसबाट सटिक तरिकाले विश्वका समुद्रहरु कुन गतिमा तातिरहेका छन् भन्ने कुरा पत्ता लगाउन सकिन्छ।
वैज्ञानिकहरुका अनुसार पृथ्वीको ९० प्रतिशतभन्दा बढी ऊर्जा समुद्रामा जान्छ। त्यसैले स्याटलाइट सेन्सर डेटाले समुद्रको तापमानको सटिक आँकडा पत्ता लगाउन सक्छ।
नासाको आँकडामा जुन बदलाव आएपछि त्यो निकै चिन्ताजनक रहेको छ। ग्रिनहाउस ग्यासहरुका कारण पृथ्वीको वातावरण तात्तिएको छ। जसका कारण सूर्यबाट आउने रेडिएसन फस्छ र अन्तरिक्षमा फर्किन पाउँदैन।– एजेन्सी
17 minutes ago
47 minutes ago
57 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago