काठमाण्डौ । कोरोनाविरुद्धको भ्याक्सिन लगाएकाहरुले मात्रै आगामी वर्ष हुने फिफा विश्वकप फुटबलका खेल हेर्न कतारको रंगशालामा प्रवेश पाउने भएका छन्।
कतार सरकारले विश्वकप फुटबलका खेलहरु हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य रुपमा लगाएको हुनुपर्ने नियम लागू गरेको हो। कतार सरकारले पनि फुटबल प्रतियोगिताको यो महाकुम्भमा प्रत्यक्ष सहभागी चाहने दर्शकका लागि १० लाख डोज भ्याक्सिन खरिद गर्ने योजना पनि बनाएको छ।
कतारले सन् २०२२ सुरुआतसम्म आफ्नो देशका सम्पूर्ण नागरिकलाई भ्याक्सिन लगाइसक्न द्रुतगतिमा योजना बनाइरहेको छ। तर पूर्ण खोप नलगाएका मुलुकभित्रकै र अन्य देशका नागरिकलाई फुटबल हेर्न रंगशाला प्रवेश रोक लगाइने कतार सरकारले जनाएको छ। यद्यपि फिफा यस विषयमा प्रतिक्रिया दिएको छैन।
कतारमा २०२२ नोभेम्बर २१ देखि विश्वकप फुटबल सुरु हुनेछ। – एजेन्सी
49 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago
13 hours ago