काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आज साउन ३ गतेदेखि दराज र एनएमबि बैंकबीच समझदारी गरी महाबचत बजार सुरु भएको छ। 

यस अभियानको मुख्य उद्देश्य  ग्राहकका लागि बचत साथै अनलाइन प्रि-पेमेन्ट प्रवर्द्धन गर्नु हो। अभियानको मुख्य हाइलाइटहरू भने रु ४ हजारसम्मको छुट, एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत अनलाइन प्रि-पेमेन्टमा रु २ हजारसम्मको  छुट, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभारी, निःशुल्क भाउचरका साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ। 

यस अभियानका लागि एनएमबि बैंकका कार्ड प्रयोगकर्ताले प्रि-पेमेन्टमा आकर्षक छुटको मज्जा लिन सक्नेछन्। एनएमबि बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ ५ (रु १ हजार ५०० सम्म) को छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोगकर्ताले कार्ड प्रि-पेमेन्टमा २०५ (रु २ हजारसम्म) छुट पाउनेछन्। 

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।