काठमाण्डौ । ह्याकरहरुले विश्वकै ठूलो र मूल्यवान तेल उत्पादक कम्पनी साउद आरामकोको डाटा चोरी गरेको घटना सार्वजनिक भएको छ। योसँगै ह्याकरहरुले ती डाटाबापत कम्पनीसँगै ५ करोड डलर माग गरेका छन्।
आरामको हालैमात्रै ह्याकहरुले कम्पनीको डाटा चोरी गरेको पत्ता लागेको जनाएको छ। एक थर्ड पार्टी ठेकेदारका माध्यमबाट ह्याकरहरुले डाटा चोरी गरेको कम्पनीले जनाएको छ। यद्यपि ठेकेदारका विषयमा भने कम्पनीले खुलाएको छैन।
अमेरिकी समाचार एजेन्सी एपीका अनुसार साउदी आरामको कम्पनीको एक टेराबाइट अर्थात एक हजार गिगाबाइट साइजको डोटा ह्याकरहरुले चोरी गरेका छन्। ती डाटाबाट ठूलो रकम असुलीमा ह्याकरहरु लागेको पनि एपीले जनाएको छ। ‘उनीहरुले कम्पनीसँग ५ करोड दिएमात्र आफूले पाएको डाटा चोरी गर्ने भनेका छन्’, एपीले जनाएको छ, ‘यो रकम क्रिप्टोकरेन्सीका रुपमा ह्याकरहरुले माग गरेका छन्।’
विशेषज्ञहरुले तेल तथा ग्यास उत्पादन क्षेत्रका कम्पनीहरुले साइबर सेक्युरिटीमा पर्याप्त पैसा खर्च नगर्दा यस्तो स्थिति बेलाबेलामा आउने गरेको बताउँछन्। उनीहरुले यस्ता साइबर हमलाबाट बच्नका लागि तेल उत्पादन कम्पनीहरुले साइबर सेक्युरिटीका विषयमा गम्भीर रुपमा विचार गर्नुपर्ने सुझाव दिएका छन्।
यसअघि ऊर्जासँग सम्बन्धित अमेरिकी कम्पनी कोलोनियल पाइपलाइनमाथि पनि साइबर हमला भएको थियो।
आरामको कम्पनीमा सबैभन्दा बढी सेयर होल्डर साउदी अरब सरकारको रहेको छ। कम्पनीले सन् २०१९ मा जति कमाइ गरेको थियो, त्यसको तुलनामा २०२० मा ४५ प्रतिशत घाटा व्यहोरेको थियो। – एजेन्सी
21 minutes ago
45 minutes ago
55 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago