काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत हवाईजहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन्। 

नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाई यात्रु यस योजनामा सहभागी हुनेछन्। यो योजना एक महिनासम्म सञ्चालन हुनेछ। 

यस योजनाअन्तरर्गत इसेवामार्फत हवाई टिकट काट्ने हरेक यात्रुले अमार्या फेसन हाउसमा सपिङ गर्दा २० प्रतिशत छुट पाउनेछन्। यस्तै टाइटानमा सपिङ गर्दा १० प्रतिशत छुट पाइने छ भने भोजमा १० हजार हजार भाग्यशाली यात्रुले २० प्रतिशत अथवा रु. २५० सम्मको छुट पाउने छन्। 

यस्तै हरेक यात्रुले आगामी ६ महिनाभित्रमा अर्को हवाई यात्राका क्रममा रि–सेड्युल गर्नुपरेमा त्यसका लागि लाग्ने शुल्कसमेत इसेवाले बेहोर्ने छ। यस योजनामा सहभागी हुनका लागि इसेवामा केवाईसी भेरिफाइड भएको हुनुपर्नेछ भने इसेवा एपमार्फत टिकट काट्नु पर्नेछ। 

मोबाइल तथा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब एक लाख १५ हजार  भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन्।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। 

इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।