काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको झन्डै ६ लाख कित्ता सेयर आज (साउन २५ गते) बाट लिलामीमा राखेको छ।

संस्थाले ५ लाख ९८ हजार ५९८ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकोही इच्छुक व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५९५ रुपैयाँ कायम गरिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

यो लिलामीमा सेयरमा न्यूनतम १ हजार कित्ता र अधिकतमा १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको काठमाण्डौ नागपोखरीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र साउन ३२ गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।