काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीको पहिलो चरणको आईपीओ ३.२२ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

आवेदनको अन्तिम दिन साउन ३२ गतेसम्म सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीयका निष्कासन गरिएको आईपीओमा १ लाख १ हजार २८ आवेदकबाट १ करोड ९३ लाख २५ हजार ७८० कित्ताका खरिद माग भएको छ। पहिलो चरणमा कम्पनीले कुल ६० कित्ता आईपीओ निष्कासन गरेको थियो। यो हिसाबले यो आईपीओमा मागभन्दा ३.२२ बढी आवेदन परेको छ। 

कम्पनीले गत साउन ५ गतेबाट पहिलो चरणको आईपीओ निष्कासन गरेको थियो। गत साउन १७ गते आईपीओ निष्कासन बन्द गरिनुपर्नेमा आयोजना प्रभावितबाट पर्याप्त आवेदन नपरेको साउन ३२ गतेसम्म आवेदन दिने समय थपिएको थियो। 

आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।