काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ।

बैंकले आज एक सूचना प्रकाशित गरी विभिन्न साधारणसभाहरुबाट पारित भएबमोजिम चालु आर्थिक वर्षसम्ममा ५ वर्षभन्दा पुरानो लाभांश रकम लिन आउन सम्बन्धित सेयरधनी वा निजको हकवालालाई सूचित गरेको हो। लिन बाँकी रहेको लाभांश पुर्जा बैंकको सेयर रजिस्ट्रार एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटमा रहेको कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ। एनआईबिएल एस क्यापिटलमा सम्पर्क राख्न असमर्थ सेयरधनीहरुले कृषि विकास बैंकको कुनै पनि शाखा कार्यालयमार्फत आवेदन दिई भौतिक सेयर प्रमाणपत्र तथा नगद लाभांश पुर्जा संकलन गर्न सक्ने बैंकले जनाएको छ। 

यसका लागि बैंकले असोज २५ गतेसम्मको म्याद तोकेको छ। तोकिएको मितिसम्म पनि लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएमा लाभांश रकम ऐनअनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि बैंकले जनाएको छ।