काठमाण्डौ । नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १९५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार २०५ रुपैयाँमा किनबेच भएको थियो।