काठमाण्डौ । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्युन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ। 

यस योजनाअन्तर्गत ग्राहकले हरेक ह्युन्डाई गाडीको खरिदमा लक्की ड्रमार्फत एकजनालाई बम्पर उपहारमा नयाँ ह्युडाई आई२० गाडी, रु. ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्क्रयाच कार्डमार्फत रु. १ लाख सम्मको थप नगद छुट र निस्शुल्क १ वर्षसम्मको बीमा र सडक कर (चालु आ.व.)  समेत प्राप्त गर्न सक्नेछन्। यसका साथै हरेक ह्युन्डाई गाडीको खरिदमा ६ वर्षसम्म निस्शुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन्। 

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकका लागि विभिन्न नौलो योजना ल्याउने गरेको छ। यस चाडपर्वको मौकामा पनि यो योजनामार्पmत ग्राहकलाई विभिन्न सेवासुविधा प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ।