काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

बैंकको ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। यो ऋणपत्रको १ हजार अंकित दरका कुल २२ लाख ५३ हजार ४९६ इकाइ नेप्सेमा सूचीकृत भएको छ।

बैंकको यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको थियो। 

यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्।