काठमाण्डौ। आफ्नो कर्पोरेट फिलोसफी ‘इम्प्रुभिङ लिटिल बाई लिटिल, एभ्री डे’लाई अनुसरण गर्दै जीडब्ल्यूएम नेपालले आकर्षक फिचरहरुसहितको टप भेरियन्टमा हाभल जोलियन ल्याउँदैछ। जसले तपाइँको यात्रालाई अझ विलासी बनाउनेछ। ६० वटा मुलुकमा ६५ लाखभन्दा धेरै बिक्री भइसकेको हाभल विगत ११ वर्षदेखि चीनमा एसयूभी बिक्री गर्ने नम्बर १ ब्रान्ड हो।
कलात्मक र आधुनिक इन्जिजियरिङबाट निर्मित जोलियनले गाडीहरुमा नयाँ सोचलाई मूर्तरुप दिन्छ। १८ इन्चको अल्मुनियम अलोय ह्विल्स, ७३ प्रतिशत हाई स्ट्रेन्थ स्टिल बडीदेखि सिक्स–वे इलेक्ट्रिक अड्जस्टेबल ड्राइभ सिटसम्म राखेर परिष्कृत निर्माणमा कुनै कमी महसुस हुन दिने छैन। यसको पानोरोमिक रनरुफ र डुअल जोन अटो एसीले आरामदायी यात्रामा भव्यता थप्न मद्दत गर्दछ।
१.५ लिटरको पेट्रोल टुर्बो इन्जिनि, सिक्ट ओम्नी डाइरेक्सनल एअरब्याग्जको सुरक्षा, ३६० डिग्री भ्यु, ब्लाइन्ड स्पट मोनिटोरिङ र हिल होल्ड कन्ट्रोल एन्ड हिल डिसेन्ट कन्ट्रोल भएको यस जोलियनको निर्माण नै तपाइँको सुरक्षालाई ध्यानमा राखेर गरिएको छ। यसको आकर्षक हेड–अप डिस्प्लेले गाडीको गति आदिको सूचना दिएर यात्रालाई सुरक्षित बनाउँछ।
अभिनव सोच भएकाहरुद्वारा डिजाइन गरिएको यस एसयूभीलाई उच्च प्रदर्शन गर्ने प्रविधिले जीवन्त बनाउँछ। कारप्ले र एन्ड्रोइड अटोसहितको १२.३ इन्च स्टमार्ट टच स्क्रिनजस्ता यात्रालाई आरामदायी बनाउने फिचरहरुले व्यस्त दैनिकीमा विलासिता थप्नेछ।
बजारमा हाभल जोलियनको स्ट्राटिङ भेरियन्ट र हाई भेरियन्ट पहिले नै उपलब्ध छ र पारखीहरुबाट सकारात्मक समीक्षा पाइरहेको छ।
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago