काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को अवितरित साढे ३ करोड बढी कित्ता हकप्रद सेयर लिलामीमा राखिने भएको छ।

एचआईडीसीएलले गत साउन ५ गतेबाट भदौ ८ गतेसम्म १ः१ अर्थात सतप्रतिशत हकप्रद सेयर सेयरधनीहरुका लागि जारी गरेको थियो। जसअनुसार एचआईडीसीएलले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद निष्कासन गरेको थियो।

कम्पनीले यो हकप्रद सेयर हिजो भदौ २७ गते बाँडफाँड गरेको छ। जसअनुसार यो हकप्रदमा १ लाख ९६ ४२४ योग्य आवेदकलालाई कुल ७ करोड ३७ लाख ७० हजार २७६ कित्ता सेयरमात्र बाँडफाँड गरिएको छ।

यो हिसाबले एचआईडीसीएलको ३ करोड ६२ लाख ७९ हजार ७२४ कित्ता बिक्री भएन। बिक्री नभएको बाँकी सेयर अब कम्पनीले लिलामीमा राख्नेछन्।