काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १०० रुपैयाँ कायम भएको छ। यो दिन चाँदीको भाउ पनि स्थिर रहँदै १ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १०० रुपैयाँमा किनबेच भएको थियो। सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।