काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्सको ७० हजार कित्ता बढी संस्थापक सेयर आज असोज १ गतेबाट लिलामीमा राखिएको छ। 

महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्सको ७० हजार ६६९ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। 

लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक वा जोकोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रकित्ता ५०१ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलदपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल काठमाण्डौको नक्सालस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १५ गते बैंकिङ समयसम्म तोकिएको छ।