काठमाण्डौ । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्लाका रुपमा चिनिने पूर्वी रुकुममा रहेको कृषि विकास बैंकको शाखा औपचारिक रुपमा उद्घाटन गरिएको छ।
कृषि विकास वैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त शाखाको औपचारिक रुपमा उदघाटन गरेका हुन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यायले यो क्षेत्र कृषिका लागि प्रचूर सम्भावना वोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको उपयोग गरी व्यावासायिक कृषितिर लाग्न सर्वसाधारणलाई आग्रह गरे।
यस क्षेत्रका जनताको जीवनस्तर उकास्न र आयस्तर वृद्धि गर्न जस्तोसुकै परिस्थितिमा पनि कृषि विकास वैंकले साथ दिन तयार रहेको उनले विश्वास दिलाए।
बैंकका उपमहाप्रबन्धक प्रताव सुवेदीले जतिसक्दो उत्पादनमूलक व्यवसायमा जोडिने कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र कृषकलाई आधुनिक प्रविधिसँग आबद्ध गराई लैजाने वताए।
बैंकको प्रदेश कार्यालय नेपालगन्जका निर्देशक गिरीराज रेग्मीले बैंकले उपलब्ध गराउने सेवाको वारे जानकारी गराए। पूर्वी रुकुम शाखाका प्रबन्धक विष्णुजंग शाहले कार्यक्रममा उपस्थित सर्वसाधारण, प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रवन्धक र नेपालगंज प्रदेश कार्यालयका निर्देशकलाई स्वागत गरेका थिए। बैंकका व्यवसाय सहायक मदन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago