काठमाण्डौ। नेपालका लागि ग्रेड वाल मोटर्स (जीडब्ल्यूएम) को आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले यसपालिको दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ग्राहकलक्षित रु. ६ लाखसम्मको फाइदा हुने अफर उपलब्ध गराएको छ। 

यो अफर जीडब्ल्यूएमका दुई एसयूभी – 3rd Gen HAVAL H6 र Haval JOLION  का साथै pick-up–POER  मा उपलब्ध हुनेछ।  

नेपालको एसयूभी र पिक–अप बजारमा अग्रणी स्थानमा रहेर सेवा दिने लक्ष्यसहित आक्रामक बजार प्रवर्द्धनअनुरुप नै यो अभियान “चाडपर्वको उमंग Haval र POER चढी दंग” अफर ल्याइएको हो। यी उत्पादनमध्ये JOLION विश्वभरि नै अग्रणी उर्बान एसयूभी मा पर्दछ भने 3rd Gen H6 विश्वव्यापी प्रविधिको न्यु जेनेरेसन मोडलका रुपमा रहेको छ। प्रचलित र हाइटेड विशेषताहरु नै यी गाडीहरुको सबैभन्दा आकर्षक पक्ष हुन्। 

विगत ११ वर्षदेखि चीनमा नम्बर १ बिक्री हुने एसयूभीमा HAVAL पर्दछ। यसको विश्वव्यापी बिक्री ६५ लाख इकाइभन्दा बढी छ। HAVAL H6 को विश्वव्यापी बिक्री ३५ लाख इकाइभन्दा धेरै छ। जसका कारण यो ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयू भएको छ। 

यसैगरी चीनको घरेलु बजारमा मात्र हैैन, २३ वर्षसम्म लगातार सबैभन्दा धेरै निर्यात हुने pick-up POER चीनको नम्बर १ ब्रान्ड भएको छ। विश्वभरी १९ लाख बिक्री भएको यो ब्रान्डले घरेलु बजारको ५० प्रतिशत हिस्सा ओगटेको छ। 

यस्ता छन् अफरहरुः

  • आकर्षक नगद छुट
  • १ वर्षको निःशुल्क सडक कर
  • निःशुल्क accessories
  • सहज फाइनान्सको सुविधा
  • १ वर्षको विस्तृत बीमा

सबै Haval गाडीहरुमा ५ वर्षको र Poer गाडीमा ३ वर्षको वारेन्टी उपलब्ध छ। 

जीडब्ल्यूएमको सोरुम काठमाण्डौको थापाथलीमा अवस्थित छ। ग्राहकहरुलाई देशभर एक प्रिमियम अनुभव प्रदान गर्नका लागि यसको नेटवर्क नेपालभरिका प्रमुख सहरहरुमा विस्तार गर्ने योजना रहेको छ। यूएन पार्कनजिकै पाटनको चाकुपाटमा जीडब्ल्यूएमको स्टेट अफ दी आर्ट सर्भिस सेन्टर चाँडै खुल्दैछ। 

3rd Gen. HAVAL H6 को प्र्रारम्भिक मूल्य १ करोड ३ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ। 

यो गाडी एसयूभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो। २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ। १५०केडब्ल्यूको पावर र ३२०एनएमको Torque मा उपलब्ध यस गाडीमा रहेको पर्याप्त ग्राउन्ड क्लीयरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायी अनुभुति प्रदान गर्ने कम्पनिको दावी रहेको छ।

HAVAL JOLION  को प्रारम्भिक मूल्य ५७ लाख ९९ हजार ९९९ रहेको छ। 

यो मोडेल पनि चारवटा भेरियन्ट प्रस्तुत गरिंदै छ। १.५ लिटरको दमदर टर्बो पेट्रोल इन्जिनले ११०केडब्ल्यूको पावर र २२० एनएमको Torque ले अधिकतम आउटपुट दिन्छ। यस गाडीमा रहेको पर्याप्त ग्राउण्ड क्लीयरंस  नेपाली सडकका लागि उचित रहेको छ। 

यसैगरी POER पिक–अपको प्रारम्भिक मूल्य ७० लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ। 

पिक–अप सेग्मेन्टमा पाइलट भेरियन्ट बजारमा उपलब्ध छ। २.० लिटरको डिजल इन्जिनले अधिकतम आउटपुट दिन्छ। १२०केडब्ल्यूको पावर र ४००एनएमको Torque रहेको यस गाडीमा, हाइयर ग्राउन्ड क्लीयंरेसले नेपालकोे खाल्डाखुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्दछ।