काठमाण्डौ । जी–मेल विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने ई–मेल सर्भिस हो। एक तथ्यांकअनुसार जी–मेलको सक्रिय प्रयोगकर्ताको संख्या १.५ बिलियनभन्दा बढी छन्। सजिलैसँगै ई–मेल आदानप्रदान गर्न सकिने भएको यसको लोकप्रियता बढ्दै गएको छ। 

लोकप्रियतासँगै जी–मेलले विभिन्न सुविधाहरु थप्दै गएको छ। जसमध्ये एउटा हो, जी–मेल विनाइन्टरनेट पनि प्रयोग गर्न सकिन्छ। अर्थात अफलाइन एक्सेस मोड पनि जी–मेल चलाउन सकिन्छ।

इन्टरनेट कनेक्सन बिना जी–मेलमा सामग्री पढ्न र रेस्पोन्स गर्न सकिन्छ तर सर्च पनि गर्न सकिन्छ। 

बिना इन्टरनेट जी–मेल चलाउनका लागि अफलाइन फिचरलाई इनेबल गर्नुपर्ने र mail.google.com लाई बुकमार्क गर्नुपर्ने छ।

यो फिचर केवल क्रोममा मात्रै काम गर्छ। यसका लागि सेटिङ ओपन गरेर अफलाइनमा जानुपर्छ र अफलाइन मेल इनेबल गर्नुपर्छ।