काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी १ अर्ब रुपैयाँको कुल २१.०५२६ प्रतिशतले हुन आउने २१ करोड ५ लाख २६ हजार ३१६ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको बोनस सेयर र १.०५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख २६ हजार ३१६ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।