काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि बिहीबार दसैँको घटस्थापनाको दिन पनि सुचारु रहने भएको छ। घटस्थापनामा सार्वजनिक बिदा हुने गर्छ। 

नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि बिहीबार पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८४ ‘घ’ को ब्याज भुक्तानी प्रयोजनका लागि भोलि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार बिहीबार आरटीजीएस प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ।