काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले लाभांश संसोधन गरेको छ । 

नेपाल राष्ट्रबैंकको निर्देशनपछि यसअघि प्रस्तावित लाभांशमा संसोधन गरेको हो । 

इन्भेष्टमेन्ट बैंकको असोज १७ गते बसेको संचालक समितिको ५५४ औं बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांशमध्ये ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश(कर प्रयोजनसमेत) वितरण गर्ने भनिएको थियो । 

तर, नेपाल राष्टबैंकले इन्भेष्टमेन्ट बैंकले प्रस्ताव गरेको नगद लाभांश बढी भएको भन्दै बोनस सेयर बढाएर नगद लाभांश घटाइदिएको छ । अब संसोधित लाभांश अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकले  १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

यो हिसाबले इन्भेष्टमेन्ट बैंकले २ अर्ब ५ करोड २ लाख ११ हजार ८२३ रुपैयाँ बराबरको बोनस सेयर र ५५ करोड ९ लाख ६० हजार ८९७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । 

संसोधित लाभांश समेत नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।