काठमाण्डौ । बैंकिङ क्षेत्रमा विभिन्न ट्रेन्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैंकले विशेषगरी डिजिटल बैंकिङमा अनुसन्धान र खोजलाई  प्राथमिकता राख्दै नवीनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकमाझ सञ्चालन गर्दै आएको छ। 

यसै क्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ग्राहकको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले ‘एमबीएल कार्डलेस विथड्रअल’ सेवा बैंकले सञ्चालनमा ल्याएको छ। 

हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका बैंकका ग्राहकले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रअल अप्सनमा गई यस बैंकको एटीएमबाट नगद झिक्न सक्नेछन्। 

यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकलाई अनुरोध गरेको छ।