काठमाण्डौ । महिन्द्रा फोरह्विलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले तीन नयाँ २एस सव–डिलरहरु आफ्नो आधिकारिक ३एस डिलर लोक सुशिला अटो कन्सर्नको मातहतमा सञ्चालनमा ल्याएको छ। 

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना सेवा विस्तार गर्ने उद्देश्यका साथ बालाजु अटो वर्कसले कपिलवस्तुमा दर्शन मल्टी अटो भिलेज एन्ड वर्कसप र मैनाबगरमा मैनाबगर अटोल्यान्ड सञ्चालनमा ल्याएको छ। पाल्पामा रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयर सञ्चालनमा ल्याएको हो। 

मुख्यमन्त्री कुलप्रसाद केसी तथा अग्नि ग्रुपका एक्जुकेटिभ डाइरेक्टर अर्जुनप्रसाद शर्माबाट हिजो मंसिर २ गते मैनाबगर अटोल्यान्डको उद्घाटन गरिएको थियो। 

त्यस्र्त दर्शन मल्टी अटो भिलेज एन्ड वर्कसपको पनि सोही दिन बालाजु अटो वर्कसका स्पेयर हेड तथा स्टाफका साथ सामूहिक उद्घाटन गरियो। ‘हाम्रो नेटवर्क विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै यी सब–डिलरहरु सञ्चालनमा ल्याएका छौँ र आगामी दिनहरुमा अझ विस्तारित सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदछौँ’, महिन्द्राका लागि प्रदेश ५, ६ र ७ का प्रोभिन्स म्यानेजर बिजेस गयामरुले भने।
यसका साथै रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयरको उद्घाटन पनि केही दिनमै हुने जानकारी दिइएको छ।