काठमाण्डौ। माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकका लागि डेबिट कार्डको सुरुआत गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ। 

उक्त सहकार्यको औपचारिक कार्यक्रम काठमाण्डौको रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको प्राँगणमा भएको हो। सोही कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका तर्फबाट उपकार्यकारी निर्देशक डिल्लीरमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धक सर्जुकुमार थापाले संयुक्त रुपमा औपचारिका उद्घाटन गरे। 

विद्युत प्राधिकरणका कर्मचारीद्वारा स्थापित उक्त सहकारीका ग्राहकहरुले यस सहकार्यको मद्दतले अब डेबिट कार्ड प्रयोग गर्न सक्नेछन्। 

समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोग अब बैंकिङ क्षेत्रमा मात्र सीमित नरही सहकारीहरु पनि उत्तिकै प्राथमिकतामा  राखिने बैंकले जनाएको छ। अब यसले अवश्य पनि डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ कारोबार अझ सहज र सुदृढ हुने बैंकको विश्वास छ।