काठमाण्डौ । माछापुच्छ्रे बैंक लिले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुका लागि मोबाइल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ। 

समितिमा आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले उक्त मोबाइल लकरको संयुक्त रुपमा रविन कटि उद्घाटन गरेका छन्। आगुन्तकहरुले अब दरबार संग्रहालय घुम्न आउँदा आफ्नो मोबाइल फोन लकरमा सुरक्षित राखी निष्फिक्री भएर भ्रमण गर्न सक्ने छन्।

माछापुच्छ्रे बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरका साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ बटा शाखा र १५४ शाखारहित बैंकिङ सेवा, ६ एक्सटेन्सन काउन्टरसमेत गरी जम्मा ३२२ स्थानबाट १० लाखभन्दा बढी ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ। यसका साथै बैंकको देशभर २०० वटा एटीएम सञ्चालनमा छन्।