काठमाण्डौ । महिन्द्रा फोरह्विलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले महिन्द्रा कम्पनीको सबडिलर तथा बतास ब्रदर्श प्रालिका डिलरहरु– ऊँ नम शिवाय सर्भिसिङ सेन्टर स्याङ्जाको पुतलीबजार नगरपालिका–१ घुम्तीमा मंसिर ६ बाट र श्रेष्ठ मोटो पार्टस बागलुङको गलकोटमा मंसिर ७ बाट उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ। 

ऊँ नम शिवाय सर्भिसिङ सेन्टरको उद्घाटन प्रमुख अतिथि उघोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, अग्नि ग्रुप काठमाण्डौका प्रतिनिधि तथा स्पेयर पार्ट्स हेड युगल सिङ र अन्य अतिथिहरुद्वारा सामूहिक रुपमा गरिएको थियो। 

‘आर्थिक समृद्धिका लागि व्यवसाय’ भन्ने मूल उद्देश्यका साथ सुचारु गरिएको यस सबडिलरबाट स्याङ्जा तथा आसपासका जिल्लाका अत्याधिक ग्राहकले गुणस्तरीय सेवासुविधा प्राप्त गर्नुहुने विश्वास पनि राखिएको छ।

त्यस्तै श्रेष्ठ मोटो पार्टसको उद्घाटन भने कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विक, विशिष्ट अतिथि विभिन्न राजनीतिक पार्टीका स्थानीय प्रतिनिधि, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिका साथै अन्य अतिथिहरुले सामूहिक रुपमा गरेका थिए। 

‘नेटवर्क विस्तार गर्ने तथा धेरैभन्दा धेरै सेवाग्राहीमाझ उत्कृष्ट र सहज सेवाको पहुँच बढाउने हाम्रो योजनाका लागि यस सबडिलरहरुको सञ्चालनले थप टेवा पुर्याउने अपेक्षा गरेका छौँ’, बालाजु अटो वर्कसका लागि प्रदेश ४ का प्रोभिन्स म्यानेजर सन्तोष सुवेदीले भने।