काठमाण्डौ। विश्वका दुई ठूला राष्ट्रहरु अमेरिका र चीनबीच पुनः व्यापारिक खटपट चर्किएको छ। 

यस्तो खटपट अमेरिकाले चीन एक दर्जनभन्दा बढी कम्पनीलाई पुनः कालो सूचीमा राखेपछि सुरु भएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच भएको एक भर्चुअल बैठकपछि अमेरिकाले चीनका एक दर्जन कम्पनीलाई कालोसूचीमा राखेको हो। 

गत अप्रिलमा अमेरिकाले चीनका सात कम्पनीलाई कालोसूचीमा राखेको थियो। अमेरिकाले चिनियाँ कम्पनीहरुले चीन सरकारलाई सैन्य आधुनिकीकरण गर्न सघाएको आरोप लगाएको छ। चीनको विदेश मन्त्रालयले भने यसको खण्डन गर्दै आएको छ। 

चीन सरकारका प्रवक्ताले अमेरिकाले चिनियाँ कम्पनीहरुमाथि राज्यको अधिकार दुरुपयोग गरेर कालोसूचीमा राखेको आरोप लगाएका छन्। उनले यस विषयमा विश्व व्यापार संगठनले सहयोग गर्नुपर्ने बताएका छन्।

हालसम्म अमेरिकाले २७ वटा चिनियाँ कम्पनीलाई कालोसूचीमा राखिसकेको छ। 

यी दुई शक्तिशाली राष्ट्रहरुबीच लामो समयदेखि व्यापारिक तथा सैन्य शक्तिको विषयमा द्वन्द्व हुँदै आएको छ। – एजेन्सी