काठमाण्डौ। ह्वाट्सएपले भ्वाइस म्यासेज पठाउनुअघि प्रिभ्यू गर्न मिल्ने नयाँ फिचर ल्याएको छ।
यो नयाँ अपडेटको सहायतामार्फत प्रयोगकर्ताले आफ्नो भ्वाइस म्यासेज सुन्न र इन्स्टेन्ट म्यासेजिङ एपमा सेयर गर्नका लागि अडियो ठीक छ कि छैन भन्नेबारे थाहा पाउनेछन्। यदि भ्वाइस म्यासेज पठाउन लायक छैन भने यसलाई डिस्कार्ड गर्न सकिन्छ र सेयर गर्नका लागि पुनः रेकर्ड गर्न सकिन्छ।
भ्वाइस म्यासेज प्रिभ्यू फिचरले इन्डिभिजुअल र गुप्र च्याट दुवैमा काम गर्नेछ। यसका साथै यसलाई एन्ड्रोइड र आईओएसका साथ–साथै वेभ तथा डेस्कटपसहित सबै प्लेटफर्मका लागि जारी गरिएको छ।
भ्वाइस म्यासेज प्रिभ्यू फिचरको प्रक्रिया
आफ्नो मोबाइलमा भ्वाइस म्यासेज प्रिभ्यू फिचर प्रयोग गर्नका लागि वाट्सएप च्याटमा माइक्रोफोन बटन थिच्नुपर्छ र ह्यान्ड–फ्री रेकर्डिङ लक गर्नका लागि यसलाई माथितिर स्लाइड गर्नुपर्छ। यसबाट एउटा इन्टरफेस प्राप्त हुन्छ। जहाँ एउटा स्टप बटन र एउटा ट्रयास क्यान देखिन्छ।
प्रयोगकर्ताले स्टप बटनलाई ट्याप गर्न सक्छन् र म्यासेज पाउनेवालाई पठाउनुअघि आफ्नो भ्वाइस म्यासेज सुन्नका लागि प्ले बटन थिच्न सक्छन्। यदि रेकर्ड गरेको म्यासेज ठीक लागेन भने ट्रयास क्यानमा ट्याप गरेर यसलाई हटाउन सकिन्छ। –एजेन्सी
23 minutes ago
39 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago