काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षमा बाँडफाँडका लागि उपलब्ध मुनाफाबाट हाल कायम चुक्तापुँजी ८० करोड १ लाख रुपैयाँको कुल ७.३६८४ प्रतिशतले हुन आउने ५ करोड ८९ लाख ५४ हजार ७३६.८४ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने ५ करोड ६० लाख ७ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतले हुन आउने २९ लाख ४७ हजार ७३६.८४ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।