काठमाण्डौ । भारतले कोभिडविरुद्धको दुई नयाँ भ्याक्सिन र एउटा औषधिलाई प्रयोगको अनुमति दिएको छ।

केन्द्रीय स्वास्थ्यमन्त्री डा मनसुख मण्डाविया यसबारेमा ट्विट गर्दै जानकारी गराएका हुन्। उनले नयाँ भ्याक्सिन कोर्बीभ्याक्स र कोभाभ्याक्सलाई अनुमति दिइएको जानकारी गराएका छन्। त्यसैले कोभिडविरुद्धको औषधि मोल्नुपिराभिरलाई पनि स्वीकृति प्रदान गरिएको उनको भनाइ छ। 

मन्त्री मण्डावियाका अनुसार मोल्नुपिराभिर एउटा एन्टी भाइरल औषधि हो। यो औषधि भारतमा १३ कम्पनीहरुले उत्पादन गर्नेछन्। यो औषधि आपतकालीन अवस्थामा सीमित रुपमा प्रयोग गर्न मन्जुरी दिइएको उनले जानकारी गराएका छन्। 

यो एन्टी भाइरल औषधि त्यस्ता वयस्क संक्रमितलाई दिइनेछ, जसमा जोखिम बढ्ने धेरै खतरा हुनेछ। 

मन्त्री भण्डावियाले यी दुई नयाँ भ्याक्सिन र औषधिले अनुमति पाएसँगै कोभिडविरुद्ध लड्न निकै मद्दत पुग्ने बताए। –एजेन्सी