काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा स्थगित गरेको छ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो। कोभिडको बढ्दो महामारी र कम्पनीले साधारणसभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा करसम्बन्धी प्रावधानमा केही फेरबदलका कारण कर प्रयोजनपछिको खुद नाफा परिवर्तन हुन सक्ने अवस्था सिर्जना भएकोले समेत प्राविधिकरणले वार्षिक साधारणसभा स्थगित गर्नुपरेको कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ।
यसअघि गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको थियो। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले गत पुस १९ गते बुक क्लोज गरेको थियो। बुक क्लोजलाई साबिककै मिति कायम गरिएको कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश अब पुनः डाकिने वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
4 minutes ago
21 minutes ago
31 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago