काठमाण्डौ । अग्नि इन्कर्पोरेट प्रालिले कम्पनी र आफ्ना पिक–अप ग्राहकका बीचको सम्बन्धलाई अझै प्रगढ बनाउने उद्देश्य अनुरुप ल्याएको महिन्द्रा “उदय” योजनाअन्तर्गत सेवाग्राहीहरुले विभिन्न सेवा सुविधाको साथमा विशेष सर्भिसिङ र अन्य सेवाहरुबाट प्राप्त गरेका छन् । 

आफ्ना हरेक सेवाग्राहीहरुकोे सपनाको कदर गर्दै “उदय” नामक यो योजनालागू गरिँदै आएको कम्पनीले जनाएको छ । 

महिन्द्राले ल्याएको यस योजनामा सहभागी ग्राहकहरुका लागि सदस्यता कार्ड प्रदान गरिएको छ र सोही कार्डको माध्यमद्वारा नजिकैको ग्राहकहरुले अग्नि डिलरहरुबाट विभिन्न सुविधा तथा लाभ प्राप्त गर्दै आएका छन् । उदय योजनाले मुख्य गरी २  लाख रुपैयाँको निःशुल्क दुर्घटना बिमा, एसएलसीमा उत्कृष्ट २५ छात्रछात्राहरुलाई २५ हजार रुपैयाँ दरको छात्रवृति, स्पेयर पार्टस् र लुब्रिकेन्टमा १५ प्रतिशत छुट र थप एक फ्रि सर्भिस, रू. २०० को मोबाइल रिचार्ज कार्ड, परिवारका सदस्यहरुका लागि महिन्द्रा सर्भिस क्याम्पमा ग्राहयता प्रदान गर्नुका साथै अन्य वार्षिक लाभदायक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । 

नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडीहरुको बिक्रेताको रुपमा रहेको अग्नि इन्कर्पोरेटेड, महिन्द्राले दीपावलीको अवसरमा नेपाली बाटोहरुमा सहज र सरल रुपमा गुडाउन सकिने बिगकार्गो बक्स, १५ सय केजी बिग पेलोड, बिगपावर र बिग कम्फर्टेबल क्याबिन सहितको बिग बोलेरो पिकअप नेपाली बजारमा ल्याएको छ ।