काठमाण्डौ । काठमाण्डौमा कोरोनाविरुद्ध बुस्टर डोज खोप लगाउन थालिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौका विभिन्न १९ अस्पतालबाट बुस्टर डोज लगाउन पाइन्छ। गत माघ २ देखि नै अग्रपंक्तिमा खटिने कर्मचारीलाई खोप दिन थालिएको होे। खोप लगाउन अनिवार्य रुपमा खोप कार्ड लिएर जानुपर्छ। 

यी अस्पतालबाट बुस्टर डोज लगाउन पाइन्छ–

  • वीरेन्द्र सैनिक अस्पताल
  • नेपाल प्रहरी अस्पताल
  • सशस्त्र प्रहरी अस्पताल
  • त्रिवि शिक्षण अस्पताल
  • वीर अस्पताल
  • परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
  • सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
  • निजामती कर्मचारी अस्पताल
  • सुभेक्षा अस्पताल
  • पिपुल्स डेन्टल अस्पताल
  • जनमैत्री अस्पताल
  • ग्रान्डी इन्टरनेसनल अस्पताल
  • काठमाण्डौ मोडल अस्पताल
  • नर्भिक अस्पताल
  • नोबेल अस्पताल
  • बयोधा अस्पताल
  • सहिद स्मृति अस्पताल
  • नयाँ बसपार्क
  • एपेक्स पोलिक्लिनिक (जडीबुटी)