काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई एक वर्षभित्रै तीनै तहको निर्वाचन गरिसक्ने प्रतिबद्धता जनाएका छन् ।
आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रम देउवाले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । निर्वाचन समयमै नहुने विषयमा संशय पैदा भइरहेको बेला प्रम देउवाले एक वर्षभित्रै तीनै तहको निर्वाचन गर्ने गरी आवश्यक तयारी अगाडि बढाउन मातहतका सम्बन्धित निकायलाई सार्वजनिक सम्बोधनमार्फत नै निर्देशन समेत दिएका छन् ।
उनले सो क्रममा संविधानमा भएको व्यवस्था अनुसार समयमै तीनै तहको निर्वाचन गराउने दायीत्व पनि आफू नेतृत्वको सरकारको काँधमा रहेको समेत बताएका थिए ।
यस्तै, प्रधानमन्त्री देउवाले बहुप्रतिक्षित मेलम्चीको पानी यही आर्थिक वर्षभित्र काठमाण्डौ ल्याउने प्रतिबद्धता जनाएका छन् ।
आफ्नो नेतृत्वको सरकारले छोटो समयमै गरेका राम्रा काम र हासिल गरेका उपलब्धिका कारण मुलुकमा राजनीतिक स्थायीत्व, विकास र सुशासन आधारस्तम्भ तयार भएको समेत उनले दाबी गरेका छन् ।
राष्ट्रको नाममा सम्बोधन भने पनि प्रधानमन्त्री देउवाको भाषण बजेट भाषणजस्तो भएको भन्दै सामाजिक सञ्जालमा आलोचना समेत भइरहेको छ ।
10 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago