काठमाण्डौ। नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जीओ अटोमोबाइल्स प्रालिले फोर्ड इन्डियाले नेपालमा रहेका आफ्ना ग्राहकलाई फोर्ड गाडीहरुमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने घोषणा गरेको छ। 

अमेरिकी कार निर्माता कम्पनी फोर्डले सेप्टेम्बर २०२१ देखि भारतमा आफ्नो उत्पादन प्रक्रिया बन्द गरेपछि यो निर्णय आएको हो। फोर्डले #CommittedToServe नामक नयाँ अभियान सुरु गरेको छ। जसले उपभोक्ताहरुलाई पार्टपुर्जा, मर्मत सम्भार, सर्भिसिङ र वारेन्टीको सहयोग प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई जोड दिन्छ। 

यस नयाँ अभियानले स्पेयर पार्टसमा सहज पहुँच, पार्टसको लागतको साथ स्वामित्व लातमा पारदर्शिता, विस्तारित वारेन्टीको प्रतिज्ञा र सेवाको गुणस्तरमा पारिवारिक अनुभूृृृतिको प्रतिबद्धता गरेको छ। 

‘पारिवारिक अनुभूृृृतिको प्रतिबद्धता जस्तै फोर्डको सेवाको बारेमा कमिटेड टु सर्भ अभियान अघि बढाइएको हो। जसअनुरुप सदाझैँ फोर्ड ग्राहकको साथमा छ भन्ने विश्वस्त पार्नेबारेमा हो। यो प्रतिबद्धता नेपालमा जीओ फोर्डमा रहेका सक्षम र व्यावसायिक टोलीमार्फत तपाइँहरुलाई दिइरहनेछ’, फोर्ड इन्डियाका मार्केटिङ, सेल्स र सर्भिसका कार्यकारी निर्देशक विनय रैनाले भने। 

भारतको अग्रणी अटो पत्रिका अटोकारको एन्नुअल भेहिकल मेन्टेनेन्स सर्भेमा फोर्डको सेवाप्रतिको प्रतिबद्धता स्थिर रहेको बारम्बार प्रमाणित भएको छ। जसका कारण यो ब्रान्ड सो अवार्ड जित्ने सबैभन्दा किफायती ब्रान्डहरुमध्ये एक बनेको छ। यस सर्वेक्षणअनुसार फोर्डको सर्भिस र पार्टपुर्जाहरु सबैभन्दा किफायती छन्। 

यस प्रतिबद्धतालाई दोहोर्याउँदै जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा भन्छन्, ‘हामी फोर्ड एभरेस्ट, फोर्ड रेन्जर र फोर्ड ¥याप्टरजस्ता मोडलहरु तेस्रो मुलुकबाट आयात जारी राख्नेछौँ र स्पेयर पार्टस्को उपलब्धता र वारेन्टी पनि उपलब्ध गरिरहने छौँ। यसले नेपालभरि रहेका फोर्डको सेवा केन्द्रहरुबाट सेवा निरन्तर राख्न सहयोग गर्नेछ र हामीलाई ग्राहकहरुलाई अझ प्रभावकारी रुपमा सेवा दिन मद्दत गर्नेछ।”

यस कम्पनी र यसका उत्पादनहरुप्रतिको विश्वासका लागि ग्राहकहरुलाई धन्यवाद दिँदै कम्पनीले पारिवारिक अनुभूतिका रुपमा उत्कृष्ट सेवाहरु प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।