काठमाण्डौ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजीे होल्दिन्ग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घरदैलोमै गाडी मर्मतका लागि ‘वर्कसप अन ह्विल’ सेवा सुरु गरेको छ।  

स्मार्ट वर्कसपको यो नयाँ पहलले सुजुकी ग्राहकले आफ्नो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्नेछन्। कम्पनीका अनुसार वर्कसप अन ह्विलमा सबै आधुनिक प्रविधि र उपकरण राखिएका छन्। जसले सामान्य सर्भिस, मर्मत, तथा अरु गाडीसम्बन्धी कार्यहरु गर्नेछन्। 

सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठ भन्छन्, ‘यो नयाँ पहल हाम्रो ग्राहकमाझमा ल्याउन पाउँदा हामी हर्षित छौँ।’

यो चारपांग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो। जसले ग्राहकको सबै सर्भिससम्बन्धी कार्य गर्नेछ। यो सुविधाले आपतकालीन सडक सहायता गर्नुका साथै ग्राहकको सुविधाजनक स्थानमा पुगी सेवा दिनेछ। 

Key features of Workshop on Wheels are given below:

  • Manned by Suzuki certified service manpower 
  • Equipped with portable tools trolley for fast repairs
  • Ergonomic storage racks for spare parts
  • Provision for underbody inspection and repair
  •  Capable of performing periodic maintenance service and a majority of running repairs for all Suzuki passenger vehicles

यो सेवा हाल काठमाण्डौ, पोखरा, भैरहवा र नारायणघाटमा उपलब्ध छ। चाँडै नेपालका सम्पूर्ण प्रमुख सहरमा उपलब्ध हुने कम्पनीले जनाएको छ।