काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न अवसरहरुमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको पोखरा लेकसाइड शाखाले हिन्दुहरुको महान पर्व महाशिवरात्रिका अवसरमा पोखरा–६ स्थित केदारेश्वर महादेव मन्दिरमा शिविर सञ्चालन गरेको छ।
महाशिवरात्रिलाई लक्षित गरी केदारेश्वर मन्दिरमा आएका व्रतालु तथा भक्तजनलाई दर्शन गर्न सहज होस् भन्ने हेतुले उक्त शिविर सञ्चालन गरिएको शाखा प्रबन्धक नवराज भण्डारीले बताए। केदारेश्वर म्न्दिर दर्शन गर्न पुगेका दर्शनार्थी तथा भक्तजनले बैंकले गरेको यस पुण्य कार्यको सराहना गर्दै खुसी व्यक्त गरेका थिए।
महाशिवरात्रिमा केदारेश्वर मन्दिर पुगेका करिब पाँच हजार व्रतालु तथा भक्तजनलाई बैंकले चिया, फलफूल तथा पानी वितरण गरेएको छ। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ।
बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।
33 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago