काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा फागुन २६ गतेदेखि काठमाण्डौको भीमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

बैंकका सञ्चालक समिति सदस्य प्राडा गीता प्रधानले बैंकको १२९ औँ शाखाकोे उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए। कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक मनबहादुर राई, सुनिल न्यौपाने, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयवासीहरुको उपस्थिति थियो। 

भीमसेनगोला शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २६ पुगेको छ।

देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकको कुल शाखा संख्या १२९ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २६ शाखारहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।