काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले काठमाण्डौको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ।

मेगा बैंकले बागमती प्रदेशको काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यो बैंकको २०४औँ शाखा हो। 

मेगा बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।