काठमाण्डौ । देशभर शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी (लोड अनलोड) बन्द गरिएको छ। 

नेपाल आयल नियमँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको डुवानी देशभर ठप्प पारेका हुन्। निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित डिपोबाट डिलरले खरि गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ। 

विगत एक महिनादेखि विभिन्न माग राख्दै व्यवसायीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका छन्। तर, निगम हालसम्म व्यवसायीहरुका माग सम्बोधन गर्ने विषयमा कुनै प्रतिक्रिया जनाएको छैन। 

आन्दोलनका कारण ढुवानीमा संलग्न १ हजार ४०० ट्यांकर र करिब १ हजार बुलेटबाट पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको दैनिक आपुर्ति प्रभावित भएको छ। 

आफ्ना माग पूरा नभए चैत २० गतेबाट पेट्रोलियम पदार्थको बिक्रीवितरण बन्द गर्ने महासंघले चेतावनी दिएको छ।