काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो १६२ औँ शाखारहित बैंकिङ सेवा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडामा सञ्चालन गरेको छ। 

वित्तीय सेवाको सर्वसुलभ पहुँच नभएका स्थानहरुलाई लक्षित गर्दै बैंकले सो सेवा प्रदान गरेको हो। यससँगै बैंकिङ प्रणालीका अधिकांश सेवाहरु बैंक खाता सञ्चालन, बचत तथा भुक्तानी, एक खाताबाट अर्को खातामा रकमान्तर र रेमिट्यान्स सेवा सुचारु हुने मछापुच्छ्रे बैंक स्याङजा शाखाका शाखा प्रबन्धक सागर काफ्लेले बताए। उनका अनुसार नागडाँडाआसपासका वित्तीय सेवाबाट वञ्चित स्थानीयले यसबाट घरआँगनमा प्रत्यक्ष बैंकिङ सेवाको फाइदा लिन पाउनेछन्। 

गत चैत १७ गते बिहीबार एक कार्यक्रमवीच नागडाँडामा वडाध्यक्ष ओमबहादुर खड्काले सो सेवाको उद्घाटन गरेका थिए। कार्यक्रममा मछापुच्छ्रे बैंक प्रादेशिक कार्यालय गण्डकी प्रदेश प्रमुख निलम गौतल, सहायक प्रमुख मनोजराज घिमिरे र बीएलबी प्रमुख विकाश श्रेष्ठको पनि उपस्थित थियो। 

उक्त सेवाको अभिकर्ताका लागि बैंकले खेमराज शर्मालाई चयन गरेको छ।