काठमाण्डौ । छोटो दूरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबटले आज नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ। 

सेगवे विश्वव्यापी रुपमा लोकप्रिय र उच्च बिक्री हुने ई–स्कुटर ब्रान्ड हो। नेपालमा सेगवे ई–१२५ को बिक्री यही चैत १९ देखि वारेन्टीसहित सुरु भइसकेको छ। 

नेपालमा नाइनबटका लागि आधिकारिक बिक्रेता आईहब प्रालिले भविष्यमा सेगवेका अरु लोकप्रिय मोडलहरु पनि सार्वजनिक गर्ने जनाएको छ। 

इलेक्ट्रिक स्कुटर ई–१२५ संयुतm राज्य अमेरिकाको मोबिलिटी इनोभेसन कम्पनी सेगवेको नवप्रवर्तनशील स्कुटर हो। २०२० रेड डट डिजाइन अवार्ड विजेता यो इलेक्ट्रिक स्कुटर सेगवे नाइनबटद्वारा बनाइएको ई शृंखलाअन्तर्गतको पहिलो स्कुटर हो।

यो इलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिनेजस्ता नयाँ अविष्कार र सेन्सरहरुले सुसज्जित छ। प्रगतिशील एन्टी थेप्ट सिस्टम स्कुटरको पूर्ण शरीरमा राखिएको छ।

प्रतिघन्टा ७५ किलोमिटरसम्म कुद्ने सेगवे ई–१२५ मा अधिकतम २४०० वाट बोस्च इलेक्ट्रिक मोटर रहेको छ। यसले २०० एनएमको अधिकतम टर्क उपलब्ध गराउँछ। ड्राइभिङ दायराका लागि ७४भी र २७एएच लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५–६ घण्टा रहेको छ। जसमा स्कुटरका लागि डबल ब्याट्री स्पेस पनि छ। स्कुटरसँगै सिंगल ब्याट्री पनि आउँछ र ग्राहकले चाहेमा अर्को ब्याट्री थपेर माइलेज बढाउन सकनेछन्।

बोस्चको १० औँ पुस्ताको डुअल च्यानल एबिएसब्रेकले सुसज्जित यो स्कुटरले विशिष्ट ब्रेकिङको सुविधा प्रदान गर्दछ। सुन्दर देखिने डिजिटल ड्यासबोर्डले प्रयोगकर्तालाई उच्च सुविधाहरु प्रदान गर्दछ।  

आईपीएक्स५ वाटरप्रुफ सेगवे ई–१२५ पानीमा पनि सजिलै चलाउन सकिन्छ। यसका साथै जहाँ अधिकांश पेट्रोलबाट चल्ने स्कुटरहरु कुदाउन सकिँदैन, त्यहाँ सेग्वे ई–१२५ सजिलै चलाउन सकिन्छ। 

सेगवे ई–१२५ दुई भिन्न आकर्षक रङहरुमा उपलब्ध छ – सेतो र ग्रे। यो स्कुटरको नेपाली मूल्य रु. ३ लाख ९१ हजार तोकिएको छ।

मुख्य विशेषताहरु
  • डाइमेन्सन : १७४५८ ६७५८१२००एमएम 
  • नेट वेट  : ८८ के.जी
  • ग्राउन्ड क्लियरेन्स : १३५ एमएम (५.३२ इन्च)
  • प्याटेन्टेड एन्टी स्किड ट्युबलेस टायर्स
  • हाइड्रलिक स्प्रिङ ड्याम्पिङ
  • फ्रन्ट डिस्क, रेयर डिस्क
  • म्याक्स स्पिड : ७५ किमी प्रतिघन्टा
  • म्याक्स पावर : ३६०० वाट 
  • टेलर्ड लिथियम ब्याट्री
  • चार्जिङ टाईम : ५–६ घन्टा
  • आईपीएक्स५ (ब्याट्री– आईपीएक्स७)
  • २४०० वाट ब्रसलेस इलेक्ट्रिक मोटर
  • म्याट्रिक्स एलईडी हेडलाइट एन्ड एलईडी टेल लाइट
  • डिजिटल डिस्प्ले
  • रिमोट की कन्ट्रोल
  • यूएसबी चार्जिङ पोर्ट
  • २२ लि. अन्डर सिट स्टोरेज स्पेस