काठमाण्डौ । ग्रेट वाल मोटर (जीडब्ल्यूएम) नेपालले नयाँ वर्ष २०७९ का अवसरमा ‘ग्रेड ड्राइभ ग्रेट डिल’ योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकका लागि रु. ४ लाखसम्मको क्यास डिस्काउन्ट, निःशुल्क एक्सेसोरिज, एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स,। स्पट भ्यालुएसन र कुनै पनि जीडब्ल्यूएम गाडीहरुको टेस्ट ड्राइभ गर्दा फ्रिबिजहरु प्रदान गर्दैछ। यो योजना हाभाल एच६, हाभाल जोलायन, र पोअर गाडीहरुमा उपलब्ध छ।
ग्राहकले आउँदो वैशाख ३१ सम्म देशभर उपलब्ध बिक्री च्यानलहरु र जीडब्ल्यूएम नेपालको नेटवर्कहरुमार्फत प्रदान गरिएका सुविधाको फाइदा उठाउन सक्नेछन्।
ग्रेट वाल मोटर नेपालले हाभल एच६, हाभल जोलायन, र पावर जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ। जीडब्ल्यूएम नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ।
विश्वव्यापी बजार अनुसार ग्रेट वाल मोटर ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो। जसको विश्व बजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन्। यसका साथै, यस कम्पनीको कर्मचारी संख्या ७० हजार ००० भन्दा धेरै रहेको छ।
विगत ६ वर्षदेखि कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ। चीनबाहेक जीडब्ल्यूएमले आफ्ना उत्कृष्ट गाडी ६० भन्दा धेरै राष्ट्रमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ।
भीजी इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो। वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रमा अत्याधिक सफलताको आनन्द लिएपछि भीजी इम्पेक्स, ग्रेट वाल मोटर नेपालले यी लोकप्रिय गाडीहरु नेपाल ल्याउन सफल भएको छ।
ग्रेट वाल मोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ। कम्पनीले ग्राहकलाई नयाँ र बृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago