काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालपे क्यूआरलाई आफ्नो मोबाइल बैंकिङ एप ‘एमबीएल एम स्मार्ट’मा सफलतापूर्वक एकीकृत गरेको छ। यससँगै अब ग्राहकरुले विभिन्न मर्चेन्ट र पेमेन्ट गेटवेमा उपलब्ध नेपालपे क्यूआर भुक्तानीहरु स्क्यान र प्रारम्भ गर्न सक्नेछन्।
यस्तै बैंकले नेपालपे क्यूआरका लागि मर्चेन्टहरु प्राप्त गर्नसमेत पहल गरेको छ।
नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने र नेपालपे क्यूआर सुचारु गर्ने माछापुच्छ्रे बैंक नेपालकै पहिलो बैंक हो। बैंकका ६ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन् र बैंकले अहिलेसम्म ६५०० भन्दा बढी क्यूआर मर्चेन्टहरुलाई प्राप्ति गरिसकेको छ।
माछापुच्छ्रे बैंकका ग्राहकले अब एमबीएल एम–स्मार्ट वा नेपालपे क्यूआरमार्फत सक्षम पारिएका अन्य कुनै पनि उपकरणहरु प्रयोग गरेर आफ्ना ग्राहकबाट प्राप्त हुने वस्तुहरु व्यवस्थापन गर्न मर्चेन्टका रुपमा नामांकन गर्न सक्नेछन्।
नेपालपे क्यूआरलाई नेपाल क्लियरिङ हाउस(एनसीएचएल)ले राष्ट्रिय भुक्तानी स्विचअन्तर्गत नेपाल राष्ट्र बैंकले जारी गरेको नेपाल क्यूआर मापदण्डको कार्यान्वयन गर्ने पूर्वाधारका रुपमा सञ्चालन र कार्यान्वयन गरेको छ। यो पूर्वाधारले स्वतन्त्र क्यूआर योजना लागू गर्न अनुमति दिने गर्दछ र मर्चेन्ट र नेटवर्क स्तरमा क्यूआर कोडको अन्तरसञ्चालन सुविधा उपलब्ध गराउँछ।
नेपालपे क्यूआरमा मर्चेन्ट प्राप्ति गर्न माछापुच्छ्रे बैंकका अलावा हिमालयन बैंक, एनआईसी एसिया, कामना सेवा विकास बैंक र फोकसवान सोलुसन्स प्रालिले समेत सुरु गरिसकेका छन्। यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले समेत यो कार्यका लागि प्रक्रिया अगाडि बढाउने प्रक्रियामा छन्।
माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपमा क्यूआर कोड सुचारु भएसँगै र मर्चेन्ट क्यूआर प्राप्ति भएसँगै रिटेल स्तरमा डिजिटल कारोबार थप वृद्धि हुने अपेक्षा गरिएको छ । जुन माछापुच्छ्रे बैंकको प्रमुख लक्ष्य रहँदै आएको छ।
माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ सेवा र २०३ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ।
19 hours ago
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
22 hours ago